Search
Generic filters

राष्ट्रसेवा पश्चात सामाजिक कार्यमा सक्रिय माेहन

बाँकेकाे राप्तीसाेनारी ८ बालापुर घर भइ गाउले परिवेशमा बालापन गुजारेका माेहन गाैतम सानैमा चन्चले, जिज्ञसु, र जुनसुकै खेलमा पनी एकदमै ध्यान दिएर खेल्ने स्वाभवकाे भएकाे साेही गाँउका स्थानिय बृद्द र यूवाहरू बताउछन् । बाबु बहुत चन्चले र पढ्नमा पनी तकडा थियाे अहिले गाँउमा अाशालाग्दाे भएर उदाएकाे छ । स्थानिय भन्छन माेहन भनेकाे जस्ताे सुकै परिस्थितीकाे पनी सामना गर्न सक्ने क्षमता भएकाे मान्छे हाे । यसकाे कामबाट हामी एकदमै खुसी छाै ।

गाँउकाे स्कुलबाट शिक्षा लिएका उनले बिएड गरेका छन् । माेहन गाँउ परिवेश र पैसा कमाउने गाँउले परिपाटीले उमेर पुग्ने बित्तीकै पढाइ छाडेर सशस्त्र प्रहरी बल नेपालकाे जागिर खान पुगे । जागिरमा उत्कृष्ट काम गरेबापत भनेर उनलाइ बढुवा समेत गरिएकाे थियाे । उनकाे सफलता यतिमै सिमित रहेन । सशस्त्र प्रहरी बल नेपालमा उत्कृष्ट काम गर्ने कमर्चारीलाइ शान्तिमिशन लाइबेरियामा पठाउने गरिन्थ्याे ।

उनले उत्कृष्ट काम गरेकाे भन्दै शन्तिमिशन लाइबेरियामा पठाइयाे २०७० सालमा लाईबेरिया देशमा संयुक्त राष्ट्र संघ बाट UN सेवापदक र संयुक्त राष्ट्र संघ बाट कदर पत्रबाट सम्मानित गरिएकाे थियाे । जागिर अबधी १६ बर्ष पुगेपश्चात उनकाे जिवनमा अर्काे माेड आइपुग्याे । उनले अब राष्ट्रसेवाबाट अबकाश लिएर गाँउ बनाउने काममा जुटने निधाे गरे ।

अबकाश पश्चात घर फर्किएका माेहनले गाँउमा रहेकाे अाधारभुत बिद्यालय र त्यसकाे ब्यवस्थापनमा जुटने निधाे गरे । सामाजिक क्षेत्रमा भनेर मात्रै हुदैन । पदका लागि मात्रै राजनिती गर्नेहरूकाे पनी कमी छैन तर मलाइ पद चाहिएकाे थिएन मलाइ काम चाहिएकाे थियाे । मैले बिद्यालय बनाउने काम पाए । र आफुले गर्न सकेकाे गर्न सुरू गरे ।

उनी भन्छन अाफ्नालागि त कुकुरले पनी जाेहाे गरेकै हुन्छ हामी मान्छेहरूले अरूका लागि पनी केही गर्नु पर्छ भन्ने मान्यता राख्छु । त्यसैले मैले मेराे ब्यक्तिगत लगानीमा बालापुर गाँउमा एउटा मन्दिर स्थापना गरिदिएकाे छु । मान्छेहरू अावात जावत गर्नेहरूका लागि सजिलाे हाेस भन्नका लागि िबच बाटाेमा १०० मिटरकाे चाैतारा समेत निर्माण गरिदिएकाे छु र एक ठाँउमा प्रतिक्षालय समेत स्थापना गरिदिएकाे छु ।

२ बर्षअघिदेखी उनी बिद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष भएपश्चात ८ कक्षा सम्म चलिरहेकाे बिद्यालयलाइ मावी तहमा पुर्याएका छन् । बिद्यार्थीहरूकाे सास्कृतिक माेह पुरा गर्न र स्थानिय लाेक बाजाहरूलाइ संरक्षण हाेस भन्नका लागि एउटा पञ्चेबाजा टिम समेत तयार गरेका छन् ।

उनले यतिमात्रै गरेनन बिद्यालय संचालनका लागि हम्मे हम्मे परिरहेका बेला साथी भाइ र समाजसेवीहरू लगायतबाट श्राेतहरू जुटाएर २० लाख जम्मा गरी ४ कट्ठ जग्गा समेत जाेडन भ्याएका छन् ।

बिद्यालय बेवस्थापनमा जुटेका माेहनले अहिले हरेक बिद्यार्थीहरूलाइ कुर्चीमा बसेर पढने पाउने सम्मकाे बनाएका छन् । बिद्यार्थीहरूलाइ इन्टरनेटकाे पहुचमा पुर्याएका छन् ।

बाहिरबाट हेर्दा अाकर्षक देखिने गरी बिद्यालयलाइ चिटिक्क पारेका उनले यस अबधी सम्म २ अाेटा पक्की भवन समेत निर्माण गरेका छन् ।

काेराेनाकाे बेला लकडाउनले बिद्यार्थीहरू घरमै थन्कीरहेका बेला उनले पढने बानीकाे बिकास हाेस भन्नका लागि अाफ्नै लगानीमा सबै बिद्यार्थीहरूलाइ कापी र कलमकाे ब्यवस्था गरी घर घरै पुर्याइदिएका थिए ।

बिद्यालय ब्यवस्थपनमा उत्कृष्ट क्षमता देखाएका माेहनले अब वडाकाे जिम्मेवारी सम्हालेर काम गर्ने चाहना ब्यक्त गरेपछी हाल राप्ती साेनारी ८ बाँकेबाट नेपाली काग्रेसकाे वडा कमिटीले वडा अध्यक्षका लागि सिफारीस समेत गरेर पठाउकाे छ ।

माेहन भन्छन पार्टीले हाम्रालाइ हाेइन राम्रालाइ अवसर दिने छ र मलाइ वडाकाे बिकास गर्ने जिम्मा सुम्पने छ भन्नेमा ढुक्क छु । मलाइ याे वडामा बेग्लै तरिकाले काम गर्ने चाहना छ जाे मेराे पार्टीले मलाइ जिम्मेवारी सुम्पेकाे खन्डमा मात्रै मेराे चाहना पुरा हुने छ । मेराे काम गर्ने शैली र तरिका देखेर अनी सामाजिक उत्तरदायित्व देखेर नै यहाँका यूवा, बुद्दीजिबी, अग्रजहरूले मलाइ वडामा स्थानिय सरकारकाे प्रतिनिधी भएर काम गर्न अाग्रह गरेका कारण पनी मेराे वडा अध्यक्ष भएर काम गर्ने चाहना बढेकाे हाे ।

उनी भन्छन अहिले कुरा गर्ने समय नै हाेइन । म कुरा भन्दा पनी काम गरेर देखाउने छु र मेराे अग्रज नेताहरूलाइ वडाकाे जिम्मेवारी दिन पुनः अाग्रह गर्नेछु ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

बल बहादुर थापा यस लाईका खबर अनलाइन पत्रिकाका संचालक हुनुहुन्छ ।















मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters