• मंसिर २१, २०८२
  • No Comment
  • 7

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने विशेषज्ञहरू चेतावनी दिन्छन्। स्वास्थ्यकर्मीका अनुसार एक व्यक्तिले दैनिक पाँच ग्राम, अर्थात् करिब एक चिया चम्चा बराबर नुन सेवन गर्नु उपयुक्त मानिन्छ। तर नेपालमा गरिएको अध्ययनहरूले अधिकांश नेपालीले यस सिमाभन्दा दोब्बर नुन सेवन गर्दै आएको देखाएका छन्।

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मात्राभन्दा बढी नुन सेवन गर्दा उच्च रक्तचाप, मुटुरोग, मिर्गौला समस्या, हड्डी कमजोर हुने र पेटको क्यान्सरको जोखिमसमेत बढ्न सक्छ। नुनमा पाइने सोडियम शरीरका लागि आवश्यक तत्व भए पनि अत्यधिक मात्रा शरीरमा जम्दा रक्तनलीमा दवाब बढेर मुटु तथा रक्तचापसम्बन्धी समस्या उत्पन्न हुने चिकित्सकहरूको भनाइ छ।

नेपालमा सामान्य घरायसी भोजन, अचार, चट्नी, झोल, तयारी तथा डब्बाबन्द खानामा नुनको मात्रा अधिक हुने भएकाले नेपालीले दैनिक आठदेखि १२ ग्रामसम्म नुन सेवन गर्ने गरेको पाइन्छ। यो दीर्घकालीन रूपमा स्वास्थ्यका लागि हानिकारक मानिएको छ।

स्वास्थ्यकर्मीहरूले नुन सेवन घटाउन खाना पकाउँदा कम नुन प्रयोग गर्ने, अचार तथा झोलयुक्त परिकारमा नुनको मात्रा न्यूनीकरण गर्ने, बजारमा पाइने प्याकेट खाद्यवस्तुको लेबल ध्यानपूर्वक पढेर कम सोडियम भएका उत्पादन छान्ने तथा तारे–भरे तथा प्रशोधित खानेकुरा कम मात्रामा खाने सुझाव दिएका छन्।

नुनले शरीरमा तरल सन्तुलन कायम राख्न, स्नायु संकेत आदानप्रदान गर्न र मांसपेशी संकुचनमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्छ। तर यी सबै फाइदा लिन यसको मात्रा सन्तुलित राख्नु आवश्यक भएको विशेषज्ञहरूको भनाइ छ। दैनिक सिफारिस गरिएको पाँच ग्राम भित्रै नुन सेवन गर्न सके स्वास्थ्य जोखिम कम गर्न सकिने बताइन्छ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *