• मंसिर १६, २०८२
  • No Comment
  • 17

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८२ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र रहेको छ।

राष्ट्र बैंकका अनुसार अध्ययनमा समेटिएका उद्योगको तथ्यांकको आधारमा यो अवस्था देखिएको हो। उद्योग क्षेत्रमै हेर्दा बिजुलीका तार तथा केबल उत्पादन गर्ने उद्योगले सबैभन्दा धेरै ९० प्रतिशत क्षमता उपयोग गरेका छन् भने गलैंचा उत्पादन उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३.०८ प्रतिशत मात्र देखिएको छ।

अध्ययनले यस्तो पनि देखाएको छ कि समीक्षा वर्षमा प्रदेशमा औद्योगिक कर्जा गत वर्षको तुलनामा १.९४ प्रतिशतले घटेको छ। कर्णाली प्रदेशमा प्रवाहित समग्र कर्जामध्ये ६.५० प्रतिशत मात्रै औद्योगिक क्षेत्रमा गएको छ।

यद्यपि पर्यटन क्षेत्रमा भने केही सुधार देखिएको छ। समीक्षा वर्षमा प्रदेशमा भित्रिने पर्यटकको संख्या १.७२ प्रतिशतले बढेको छ। भारत र चीनबाट आउने पर्यटक क्रमशः २३.८५ र २५.७७ प्रतिशतले घटे पनि तेस्रो मुलुकबाट आउने पर्यटक ९.१३ प्रतिशतले बढेका छन्।

बैंकिङ क्षेत्रमा हेर्दा कर्णाली प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ४७५ पुगेको छ भने शाखारहित बैंकिङ सेवाको संख्या १८ रहेको छ। यस अवधिमा कर्जा–निक्षेप अनुपात ६६.८५ प्रतिशत रहेको प्रतिवेदनले उल्लेख गर्छ।

उपलब्ध ऊर्जा संरचनामा कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइनको दूरी ३,५७५.७४ सर्किट किलोमिटरसम्म पुगेको नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालयले जानकारी दिएको छ।

यससँगै प्रदेशमा निर्माणाधीन मुख्य पूर्वाधार पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी–बबई डाइभर्सन — ले कार्यगतिमा प्रगति गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित खबर

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…
कीर्तिपुरमा कुशल मल्लको छक्का प्रहारले चियर लिडर घाइते

कीर्तिपुरमा कुशल मल्लको छक्का प्रहारले चियर लिडर घाइते

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका क्रममा चितवन राइनोजका कप्तान कुशल मल्लको छक्का प्रहारबाट एक चियर लिडर घाइते भएकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *