• मंसिर १४, २०८२
  • No Comment
  • 44

भूमि समस्या समाधान आयोग खारेजीविरुद्धको रिट आज न्यायाधीश सुवेदी र पौडेलको इजलासमा

काठमाडौँ — भूमि समस्या समाधान आयोग खारेजी गर्ने सरकारले गरेको निर्णयविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ। आइतबार मुद्दा ‘ग’ नम्बरमा सुन्ने गरी सूचीबद्ध गरिएको हो।

भूमिहीन दलित तथा सुकुम्बासीलाई अन्याय भएको भन्दै आयोगका अध्यक्ष हरिप्रसाद रिजालसहित पदाधिकारीहरूले आयोग खारेज गर्ने सरकारको २३ असोजको मन्त्रिपरिषद् निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए।

रिटमाथि ११ कात्तिकमा पहिलो सुनुवाइ हुँदा सर्वोच्चले ‘छलफलको अवधिसम्म खारेजी निर्णयको कार्यान्वयन रोकिएर जुन अवस्थामा छ, त्यही अवस्थामा यथास्थितिमा राख्न’ अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि १३ कात्तिकमा दुवै पक्षको बहसपछि सर्वोच्चले आयोगले गर्ने काम अन्य सरकारी निकायबाट हुन सक्ने कानुनी व्यवस्था नदेखिएको भन्दै अन्तरिम आदेश जारी राखेको थियो।

२०८१ कात्तिक १३ मा पुनर्गठित आयोगले ‘भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी’ का नाममा जग्गा दर्ता र प्राप्तिको अन्तिम अवसर भन्दै देशभर काम तीव्र गतिमा अघि बढाइरहेको जनाएको थियो।

आज हुने सुनुवाइ आयोगको कार्य अघि बढ्ने कि रोकिने भन्ने मोड्को निर्णयका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *