• बैशाख २५, २०८१
  • No Comment
  • 3

रारा कप खुल्ला महिला/पुरुष कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबारबाट रारा तालको किनारमा सुरु हुन लागेको कर्णाली प्रदेश स्तरीय रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

मुगु जिल्ला खेलकुद विकास समतिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लका अनुसार पहिलो पटक कर्णालीको प्रमुख पर्यटकीय स्थल राराको किनारमा आयोजना हुन लागेको प्रदेश स्तरीय रारा कप खुल्ला महिला/पुरुष कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोलि बिहान ७ बजे देखि प्रतियोगिताका सम्पूर्ण गेमहरु संचालन हुने जानकारी दिए ।

अध्यक्ष मल्लका अनुसार प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पुरुष कबड्डी टिमको सहभागिता रहेको छ भने डोल्पा,हुम्ला र रुकुमपश्चिम बाहेक अन्य ७ जिल्लाबाट महिला कबड्डी टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागि हुन मंगलबार कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल लगायत खेलकुद परिषदका पदाधिकारी र कर्णाली प्रदेशका १० वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र सचिवहरु अहिले रारामा पुगिसकेका छन् ।

मुगुको माझघट्ट र हुटुमा खेलाडी र सम्पूर्णको बासस्थानको व्यवस्थापन गरिएको छ भने प्रतियोगिताको अबधिभर खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल र सुरक्षाकर्मी गरी जम्मा ३५२ जनाको सहभागिता रहने अध्यक्ष वीरेन्द्र बहादुर मल्लको भनाई छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय धामि,झाँक्रि सहित विभिन्न साँस्कृतिक प्रस्तुती रहने छ । प्रतियोगितको उद्घाटन बुधवार विहान ११ः०० बजे हुने छ भने उक्त प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति जीत बहादुर मल्लले गर्ने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *