• मंसिर १०, २०८२
  • No Comment
  • 49

मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता प्रदान गर्ने निर्णय

जनकपुरधाम। मधेस प्रदेश सरकारले स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को पहिलो बैठकमा पारित उक्त निर्णय सार्वजनिक गरेका हुन्।

सरकारका अनुसार १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक तह उत्तीर्ण तर कुनै पनि रोजगारीमा संलग्न नभएका युवालाई जीवन निर्वाहका लागि मासिक २ हजार रुपैयाँ वितरण गरिनेछ। प्रदेशमा करिब १ लाख ५० हजार स्नातक बेरोजगार युवा रहेको अनुमान छ।

यसैगरी, बैठकले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानलाई प्रतिकट्ठा १ हजार ५०० रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। किसान राहतका लागि करिब ३६ करोड रुपैयाँ र बेरोजगार भत्ता कार्यक्रमका लागि करिब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान मुख्यमन्त्री यादवले जानकारी दिए।

यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू असोजमा परेको अविरल वर्षाले पुनः डुबानमा परेका थिए। मनसुन अवधिभर खडेरी कायम रहेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *