- मंसिर ८, २०८२
- No Comment
- 49
दूधमा बेसार मिसाएर पिउनुका १२ फाइदा
आयुर्वेदमा बेसारलाई शक्तिशाली प्राकृतिक औषधि मानिन्छ। विशेषगरी जाडो मौसममा यसको सेवन स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुने अध्ययनहरूले देखाएका छन्। बेसारमा पाइने एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्ट तत्व शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्वपूर्ण मानिन्छन्।
स्वास्थ्य चिकित्सकहरूका अनुसार दूध वा पानीमा बेसार मिसाएर पिउनुका प्रमुख फाइदा यसप्रकार छन्ः
१. इम्युनिटी बढाउने
जाडोमा बेसारपानी पिउँदा शरीरको प्रतिरोधात्मक क्षमता बलियो बन्दै भाइरस संक्रमणबाट बच्न सहयोग गर्छ।
२. मुटुका लागि लाभदायक
बेसारपानीले कोलेस्टेरोलको स्तर घटाउने तथा एथेरोस्क्लेरोसिस रोक्न मद्दत गर्ने भएकाले मुटु रोगीलाई उपयोगी मानिन्छ।
३. मिर्गौलाको कार्य क्षमता सुधार
नियमित सेवनले मिर्गौलामा भएका खराब कोषहरू नष्ट गरी यसको कार्यक्षमता बढाउने तथा संक्रमणको जोखिम कम गर्ने बताइन्छ।
४. मधुमेह नियन्त्रणमा सहायक
बेसार चियाले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने भएकाले मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ।
५. शरीरमा न्यानोपन कायम राख्ने
दूधमा बेसार मिसाएर पिउँदा शरीर तातो राख्ने तथा चिसोबाट जोगाउने प्रभाव देखिन्छ।
६. जोर्नी दुखाइमा राहत
जाडोमा हुने जोर्नी दुखाइ तथा सुन्निनेजस्ता समस्यामा बेसारको प्रयोग उपयोगी मानिन्छ।
७. रुघाखोकीबाट बचाउने
बिहान नियमित बेसारपानी पिउँदा सर्दी–रुघाखोकीको जोखिम कम हुन्छ।
८. छालाको चमक वृद्धि
यसको एन्टिअक्सिडेन्ट तत्वले छाला चम्किलो बनाउने र बुढ्यौली ढिलो देखिने प्रभाव राख्छ।
९. रगत शुद्धिकरणमा मद्दत
बेसारपानीमा कागती र मह मिसाएर पिउँदा रगतमा रहेका विषाक्त पदार्थ हटाउन सहयोग गर्छ।
१०. तौल घटाउन सहायक
बेसारपानीले शरीरमा बोसो जम्न नदिने तथा मेटाबोलिजम बढाउने भएकाले वजन घटाउन मद्दत गर्छ।
११. स्मरणशक्ति वृद्धि
नियमित सेवनले दिमागमा सकारात्मक प्रभाव पार्दै स्मरणशक्ति मजबुत बनाउने बताइन्छ।
१२. पाचन सुधार
बेसारपानीले पाचन प्रक्रिया सुदृढ बनाउने र ग्यास–अपचजस्ता समस्या कम गर्ने गुण राख्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार नियंत्रित मात्रामा नियमित रूपमा बेसारको सेवन गर्नाले दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त गर्न सकिने बताइन्छ।