• मंसिर ५, २०८२
  • No Comment
  • 243

सुर्खेतमा लागुऔषधसम्बन्धी अपराध तीन वर्षयतादेखि घट्दो क्रममा

सुर्खेत — सुर्खेतमा पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषधसम्बन्धी अपराधको घटनालाइ घटदो क्रममा देखाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको त्रिवर्षीय तथ्यांकअनुसार आर्थिक वर्ष ०८०÷०८१ मा मुद्दा दर्ता र पक्राउ संख्या बढी भए पनि त्यसपछि कम हुदै गएको देखिएको छ ।
प्रहरीको तथ्याकं अनुसार आर्थिक वर्ष ०८०÷०८१ मा कुल ७४ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए। सो वर्ष ४ महिला, १०४ पुरुष र १ जना बालक गरी १०९ जना स्वदेशी पक्राउ परेका थिए।

आर्थिक वर्ष २०८१÷०८२ मा मुद्दा दर्ता संख्या बढेर १२३ पुगेको थियो। सो वर्ष १२ महिला, १६९ पुरुष र १ बालक पक्राउ परेका थिए। सोही वर्ष १ जना विदेशी पुरुषसमेत गरेर कुल १८३ जना पक्राउ परेको थिए । यो तथ्याकं तीन वर्षकै बढी हो।

आर्थिक वर्ष २०८२÷०८३ मा भने मुद्दा दर्ता र पक्राउको सख्या एकदमै कम देखिएको छ । यो आर्थिक वर्षमा ४३ मुद्दा दर्ता हुँदा २ महिला र ६८ पुरुष गरी जम्मा ७० जना मात्र पक्राउ परेका छन्।

प्रहरीका अनुसार पछिल्लो वर्ष अपराध घट्नुमा प्रभावकारी अनुगमन, नियमित अपरेशन र समुदाय–आधारित सचेतना कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ। तर, मुद्दा दर्ता कम हुदैमा अपराध ढुक्क भैहाल्ने अवस्था छैन । अपराधको स्वरूप परिवर्तन भएको हुनसक्ने प्रहरीले बताएको छ ।

लागुऔषध नियन्त्रणका प्रयाससँगै प्रहरीले निगरानी थप कडा बनाउने तथा जोखिम क्षेत्रमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

सुर्खेत प्रहरीको ठूलो सफलता, नक्कली नोट र अफिमको ठूलो सञ्जाल ध्वस्त, मिडिया सञ्चालकसहित ५ जना पक्राउ

सुर्खेत प्रहरीको ठूलो सफलता, नक्कली नोट र अफिमको ठूलो…

प्रहरीले विभिन्न जिल्लामा सञ्जाल फैलाएर नक्कली नोटको कारोबार र लागुऔषध अफिमको तस्करीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ । सुर्खेत,…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतमा अवैध ४०० लिटर मदिरासहित एक जना पक्राउ

सुर्खेतमा अवैध ४०० लिटर मदिरासहित एक जना पक्राउ

सुर्खेत।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सञ्चालित एक अवैध मदिरा भट्टीमा छापा मारेर ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको छ। प्रहरीले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *