- कार्तिक २०, २०८२
- No Comment
- 114
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ
सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ का २२ वर्षीय मधुसुधन कटुवाल र २४ वर्षीय खेमराज कटुवाल रहेका छन्। उनीहरूलाई शरीर तथा घर खानतलासी गर्दा २ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसहित पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।