- कार्तिक २०, २०८२
- No Comment
- 65
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न
जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको छ। करिब ४२४१ मिटर उचाइमा अवस्थित नदाईडाबस्थित यो पवित्र तीर्थस्थललाई कर्णालीको शक्ति र जुम्लाको आत्मा भनेर चिनिन्छ।
नदाईडाबको बग्दो जल र निश्चल जल दुबै भक्ति, मौनता र शान्तिको अद्भुत प्रतीक मानिन्छन्। धार्मिक, सांस्कृतिक र खेलकुदको संगमस्थलका रूपमा यो स्थानले कर्णालीको पहिचानलाई अझ मजबुत बनाएको आयोजकहरूले जनाएका छन्। साथै, कर्णाली याक्स जर्सी रिलिज सुर्खेतका विभिन्न ठाउँहरूमा देखाईएपछी जुम्ला लगिएकाे हाे ।