• कार्तिक १८, २०८२
  • No Comment
  • 75

कुलमानविरुद्ध हितेन्द्रको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, कार्तिक १८। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज (मंगलबार) सुनुवाइ हुने भएको छ।

शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा निरन्तरता दिन माग गरेका छन्। रिट दर्ता भएपछि सर्वोच्च अदालतले आजको मितिमा पेशी तोकेको हो।

शाक्यले रिटमा उल्लेख गरेका छन्, “मलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको थियो, तर कार्यकाल बाँकी रहँदै सरकारले अवैधानिक रूपमा हटाएको छ।” उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः कार्यकारी निर्देशकका रूपमा काम गर्न अनुमति दिन माग गरेका छन्।

पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका उर्जामन्त्रीले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि हितेन्द्र शाक्यलाई ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो।

शाक्य दोस्रोपटक २०८१ साल चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। यसअघि २०७७ सालमा पनि उनी सोही पदमा कार्यरत थिए। तर सरकारले चालू वर्षको असोज ५ गते शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

नेपाल विद्युत प्राधिकरणमा कुलमान र हितेन्द्रबीचको नेतृत्व परिवर्तनको विवाद पछिल्ला वर्षहरूमा पटक–पटक दोहोरिँदै आएको छ। कहिले कुलमानलाई हटाएर हितेन्द्रलाई, त कहिले हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्त गर्ने सरकारी निर्णयहरूले प्राधिकरणको स्थायित्वमा प्रश्न उठाउँदै आएको छ।

सर्वोच्च अदालतले आज हुने प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *