• असार २१, २०८२
  • No Comment
  • 194

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सवारी चालकको शव फेला

सुर्खेत  । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत एक सवारी चालकको शव भेरी नदीमा फेला परेको छ।  २ हप्ताभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका उनको शव शुक्रबार सुर्खेतको बराहाताल गाउँपालिकास्थित भेरी नदी किनारमा भेटिएको हो।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ निवासी अन्दाजी २९ वर्षीय हिमबहादुर विष्ट गत असार ६ गते कार्यालयमा ‘बिरामी छु’ भनी जानकारी दिएर निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।

उनको खोजी गर्ने क्रममा असार ९ गते उनले प्रयोग गर्ने सरकारी मोटरसाइकल सुर्खेतको भेरीगंगा नगरपालिकास्थित भेरी पुल नजिक सडकमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।  

लगातारको खोजीपछि आज शुक्रबार बराहाताल गाउँपालिका–४, साजघाट क्षेत्रको भेरी नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले  जानकारी दिनुभयाे।

   शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *