• माघ ३०, २०८१
  • No Comment
  • 144

धनगढीमा प्रहरीमाथि चक्कु प्रहार प्रयास, ३६ वर्षीय युवक पक्राउ

मंगलबार राति धनगढीको ट्राफिक चौराहामा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ। राति करिब ८:१५ बजेको समयमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उक्त घटना भएको हो।

सामाजिक सञ्जालमा भाइरल भएको घटनाको भिडियोमा ती व्यक्तिले नियन्त्रणमा लिन खोज्ने प्रहरीमाथि चक्कु प्रहारको प्रयास गरेको देखिन्छ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति धनगढी उपमहानगरपालिका–१४ निवासी ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय, धनगढीको हिरासतमा राखिएको छ।

हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको भए पनि प्रहरी प्रशासनले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

यस्तो प्रकारको घटनाले प्रहरी सुरक्षामा खटिएका कर्मचारीप्रति हिंसाको जोखिमलाई उजागर गरेको छ। घटनापछि स्थानीयले सुरक्षाको थप व्यवस्थापनको माग गरेका छन ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *