• माघ २९, २०८१
  • No Comment
  • 97

बूढानीलकण्ठबाट पक्राउ परेका २३ भारतीय सार्वजनिक: तीन अर्बभन्दा बढीको अवैध कारोबार

बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका २३ जना भारतीय नागरिकलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। अनलाइन जुवा र क्रिप्टो करेन्सीको अवैध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरिएको थियो।

 जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेकाहरूले एउटा घर भाडामा लिएर अनलाइनमार्फत जुवा खेलाउने र क्रिप्टो करेन्सीको अवैध कारोबार गर्ने कार्यमा संलग्न थिए। अनुसन्धानका क्रममा हालसम्म ३ अर्ब १३ करोड रुपैयाँ बराबरको अनलाइन जुवा र ८६ करोड ९१ लाख रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको खुल्न आएको छ।

प्रहरीले मुख्य नाइके फरार रहेको जानकारी दिँदै पक्राउ परेकाहरूले संगठित रूपमा अनलाइन अपराध सञ्चालन गर्दै आएको जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकहरूको  वकिल कुमार यादव, किशोरी प्रसाद यादव, रोहितकुमार यादव, मुन्नाकुमार यादव, बादलकुमार जैसवाल, रावलकुमार यादव, विपिनकुमार यादव, शंकर कुमार यादव, रोहित कुमार, भवेश कुमार, अभिषेक कुमार, कुलबिन्दर सिंह, हर्ष जैसवाल, सुरज शाह, श्रेष्ठ गुप्ता, बिठ्ठु कुमार, सुनिल कुमार जैसवाल, मोहम्मद साहिद मालिक, सौरभ खरुवा, चन्दन यादव, श्याम कुमार, एस बालकृष्ण, र सुरेन्द्र कुमार रहेका छन।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान अगाडि बढाइरहेको छ। प्रवक्ता बोहराले अनलाइन अपराधको यो घटनाले नेपालमा डिजिटल मञ्चको दुरुपयोगको विषयलाई गम्भीरताका साथ लिनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, मुख्य नाइकेलाई पक्राउ गर्न प्रहरीले खोजीलाई तीव्र बढाएको जानकारी दिएको छ।

सम्बन्धित खबर

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…
रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *