• माघ २८, २०८१
  • No Comment
  • 90

प्रहरीमाथि आक्रमण गर्ने दुई विद्यार्थीविरुद्ध पाँच दिनको म्याद थप

ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध पाँच दिनको म्याद थप भएको छ।

पक्राउ परेका व्यक्तिहरूमा ताप्लेजुङका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराका २२ वर्षीय रमेश फुलारा रहेका छन्। उनीहरूलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद दिएको छ।

उनीहरूले दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टोली (क्यूआरटी) का प्रहरीलाई आक्रमण गर्दै मोटरसाइकल लडाउनुका साथै कुटपिट गरेका थिए। घटनामा दुई प्रहरी घाइते भएका छन्।

पक्राउ परेका दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल)का विद्यार्थी तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्।

 

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *