• माघ १३, २०८१
  • No Comment
  • 119

कोरियन भाषा संघ नेपालको निर्वाचनमा ट्रस्ट एजुकेसनका म्यानेजिङ डाईरेक्टर कँडेल निर्वाचित

पोखरामा सम्पन्न कोरियन भाषा संघ (कोलान)नेपालको पहिलो राष्ट्रीय भेलाबाट देशभरका सस्थाका सदस्यहरुबाट बनेको नयाँ कार्यसमितिमा सुर्खेत ट्रस्ट एजुकेसन सेन्टरका म्यानेजिङ डाईरेक्टर हरि कडेल सह सचिवमा निर्वाचित हुनु भएको छ ।

पोखरामा करिब ३०० भन्दा बढी सस्थाका म्यानेजिङ डाईरेक्टरको उपस्थितमा उत्त कार्यसमिति चयन भएको हो ।
यस संस्थाबाट कोरियन भाषा अध्ययनरत तथा पासर बिध्यार्थीका पिडालाई सम्बोधन गरी संस्थागत एकता कायम गर्दै तथा सम्बन्धित निकायहरुसंग समन्वय गरी सहजीकरण गर्ने छ ।

हरि कँडेल बिगत १२ बर्ष देखि ट्रस्ट एजुकेसन सेन्टरको म्यानेजिङ डाईरेक्टर र कोरियन भाषा प्रशिक्षकरुपमा काम गर्दै आउनु भएको छ ।

नयाँ कार्यसमितिमा चयन भएका नेतृत्वहरु अध्यक्ष–  सन्तोष पाण्डे, उपाध्यक्ष – जगन्नाथ न्यौपाने, उपाध्यक्ष – नारायण थापा( निशान्त ), उपाध्यक्ष – सपराज राई, सचिव – योगेन्द्र वाग्ले, सह सचिव-  हरी कँडेल, सह सचिव – उदयाराम जैशी, सह सचिव- रुद्र ब फुयल, कोषाध्यक्ष-  टंक प्रसाद लामिछाने, सदस्य-  जीवन कुमारी राई, सदस्य- जयराम आचार्य, सदस्य – प्रकाश दमाई नेपाली, सदस्य – याम प्रसाद पाण्डे र सदस्य – सुशील प्रसाद कुशुहावाह रहेका छन ।

नवनिर्चित  कोरियन भाषा संघ नेपालले थप सहजिकरण तथा कुशल प्रशिक्षण गराउने अध्यक्ष पाण्डेले जानकारी दिए ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *