• चैत्र ३०, २०८२
  • No Comment
  • 31

“जग्गा-जमिन र सुन होइन, ‘डिजिटल फ्यान’ नै बालेनको सम्पत्ति ! ४० लाख फेसबुक फलोअर्स र १२ लाख युट्युब सब्सक्राइबर अब सरकारी रेकर्डमा।”

नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरणमा भौतिक सम्पत्तिसँगै डिजिटल पहुँचलाई पनि विशेष स्थान दिएका छन्। सामाजिक सञ्जालमार्फत नै व्यापक लोकप्रियता कमाएका शाहले सोही माध्यमलाई आफ्नो मुख्य शक्तिको रूपमा आधिकारिक सरकारी अभिलेखमा दर्ता गराएका हुन्।

उनले बुझाएको सम्पत्ति विवरण फारमको ‘अन्य सम्पत्ति’ को महलमा आफ्ना सामाजिक सञ्जालका खाताहरूको विवरण खुलाएका छन्। जसअनुसार उनका फेसबुकमा ४ मिलियन (४० लाख), युट्युबमा १.२ मिलियन (१२ लाख) सब्सक्राइबर र एक्स (ट्विटर) मा ५ लाख १० हजार फलोअर्स रहेका छन्।

इन्जिनियरिङ र र्‍याप गायनबाट चर्चामा आएका बालेन शाहको राजनीतिक यात्रा र लोकप्रियताको प्रमुख आधार सामाजिक सञ्जाल नै रहँदै आएको छ। काठमाडौँ महानगरपालिकाको निर्वाचनदेखि प्रधानमन्त्रीको पदसम्म आइपुग्दा उनले आफ्ना समर्थकहरूसँग प्रत्यक्ष जोडिन यी माध्यमहरूको प्रभावकारी प्रयोग गरेका छन्। सामान्यतया नेताहरूले घर, जग्गा र नगदलाई मात्र सम्पत्ति मान्ने गरेकोमा बालेनले भने ‘डिजिटल इन्फ्लुएन्स’ लाई पनि अमूल्य पुँजीको रूपमा प्रस्तुत गरेका छन्।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *