• चैत्र २५, २०८२
  • No Comment
  • 11

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भई पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश मा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।

विभागका अनुसार अहिले बागमती प्रदेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसमविद् रोजन लामिछाने ले दिउँसोपछि वर्षा अझै बढ्ने र केही स्थानमा भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने जानकारी दिए।

विभागमा बिहान १० बजेसम्म प्राप्त तथ्यांकअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिमका ६० भन्दा बढी केन्द्रमा वर्षा मापन गरिएको छ। अछाम मा ८.६, सुर्खेत मा ७.६, डडेलधुरा मा ५.२, रोल्पा मा ८.२, प्युठान मा ५.२ र चितवन मा ४.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

यसैगरी कालीकोट, डोटी, रुकुम, म्याग्दी, बागलुङ, दाङअर्घाखाँची लगायत जिल्लामा पनि हल्का वर्षा भएको जनाइएको छ। वर्षा प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको विभागले जनाएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

विभागले विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *