• चैत्र २४, २०८२
  • No Comment
  • 18

स्वस्थ रहन खानुस् यी ७ खानेकुरा

स्वस्थ रहन खानुस् यी ७ खानेकुरा अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं। कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन्। फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ । व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार र्पुयाएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् ।

नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ। तल उल्लेखित खानाले उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजबाट मुक्त गर्न सकिने उनीहरुको जोड छ।

१. स्याउः दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ ।

स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ।

२. देशी बदाम र ओखरः नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ बदाम र ओखर । आल्मोन्डले छालामा चमक ल्याउँछ।

३. अंगुरः तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउँछ।

४. गेडागुडीः प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ।

५. केराः पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन।

६. ग्रीन टिः तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ।

७. दहीः दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग र्पुयाउँछ। माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ।

स्वास्थ्य खबरबाट

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *