- फाल्गुन २२, २०८२
- No Comment
- 76
सुर्खेत–२ मा कांग्रेसको सुरुवाती अग्रता पछि पार्दै एमालेले अग्रस्थानमा

लाईका संवाददाता
July 8, 2024
0Shares
सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणनाको सुरुवाती चरणमा अग्रता लिएको नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रस्थान लिएको छ।
हालसम्मको मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटा ३१५ मतसहित पहिलो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार नारायण कोइराला २१७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा ले १२७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल ले १०६ मत पाएका छन्।
मतगणना जारी रहेको र परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ।



