• फाल्गुन १९, २०८२
  • No Comment
  • 16

व्यवसायी घिमिरेको दाबी : तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन

 काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले हाल देशमा पेट्रोलियम पदार्थको अभाव हुने अवस्था नरहेको बताएका छन्।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा सम्पन्न ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तत्काल अभावको अवस्था नदेखिएको स्पष्ट पारे।

उनले समय–समयमा विभिन्न कारणले नेपालमा पेट्रोलियम पदार्थ अभाव हुने गरेकाले अन्तर्राष्ट्रिय द्वन्द्व हुँदा सर्वसाधारणमा त्रास फैलनु स्वाभाविक भएको बताए। “विगतका अभ्यासलाई हेर्दा त्रसित हुनु अस्वाभाविक होइन, तर समग्र अवस्था विश्लेषण गर्दा तत्काल अभाव हुने संकेत देखिँदैन,” घिमिरेले भने।

उनका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण उत्पादन र आपूर्ति शृंखलामा केही असर पर्ने सम्भावना रहे पनि त्यसको प्रत्यक्ष प्रभाव तत्काल नेपालमा नपर्ने तर्क गरे। केही दिनअघि ग्यास अभावको हल्ला फैलिएपछि समग्र इन्धन अभाव हुने हो कि भन्ने चिन्ता बढेको उनले उल्लेख गरे।

घिमिरेका अनुसार ग्यास आपूर्ति शृंखला अन्य इन्धनभन्दा फरक प्रकृतिको छ। नेपालमा ग्यास ढुवानीका लागि भारतीय बुलेट मात्र प्रयोग हुने र ढुवानीकर्ता पनि भारत नै भएकाले कहिलेकाहीँ समस्या देखिने गरेको उनले बताए। भारतीय आयातकर्ताले बढी नाफा खोज्दै भारतमै प्राथमिकता दिने प्रवृत्तिले नेपालमा असहजता सिर्जना गर्ने गरेको उनको भनाइ छ।

तर हाल बुलेट अभावको समस्या समाधान भइसकेको र जाडो सकिँदै जाँदा खपत पनि घट्ने भएकाले ग्यास अभावको अवस्था नरहेको उनले दाबी गरे। साथै, द्वन्द्वका कारण केही उडान रद्द हुँदा हवाई इन्धनको खपत घटेको र भण्डारण पर्याप्त रहेको भन्दै सर्वसाधारणलाई त्रासमा नबस्न आग्रह गरे।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *