• फाल्गुन १९, २०८२
  • No Comment
  • 29

इरानमा स्कूल हमलामा ज्यान गुमाएका १६५ छात्राको सामूहिक अन्त्येष्टि

काठमाडौँ । इरानको मिनाब शहरस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा ज्यान गुमाएका १६५ छात्राको सार्वजनिक रूपमा सामूहिक अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी भएका थिए । सो अवसरमा पीडित परिवारका सदस्यहरूले भावुक मन्तव्य दिएका थिए । एक आमाले मञ्चबाट अमेरिका माथि आक्रमणको आरोप लगाउँदै आक्रोश व्यक्त गरेकी थिइन् । उपस्थित भीडले अमेरिका र इजराइलविरुद्ध नाराबाजी गरेका थिए ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले उक्त हमलाको आरोप इजराइलमाथि लगाएका छन् । तर इजरायली सेनाले भने सो क्षेत्रमा कुनै आक्रमणबारे जानकारी नभएको जनाएको छ । घटनापछि क्षेत्रीय तनाव झन् बढेको छ र अन्तर्राष्ट्रिय समुदायले अवस्थालाई नजिकबाट नियालिरहेको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *