- फाल्गुन १९, २०८२
- No Comment
- 35
“फागुन २१ मा चुनाव हुँदैन” भन्ने ज्योतिषी पक्राउ
काठमाडौं । फागुन २१ गते निर्वाचन नहुने भन्दै सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्ने ज्योतिषी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले ज्योतिषी पण्डित रूद्रनाथ अधिकारीलाई अफवाह फैलाएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार अधिकारीले “फागुन २१ मा चुनाव हुँदैन” भन्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए। उक्त सामग्रीले सर्वसाधारणमा भ्रम फैलाउने आशंका भएपछि उनलाई पक्राउ गरिएको हो।
हाल उनलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।