• फाल्गुन १३, २०८२
  • No Comment
  • 27

नर्वेका पूर्व प्रधानमन्त्रीको आत्महत्या प्रयास

काठमाडौँ – नर्वेका पूर्व प्रधानमन्त्री थोर्बजोर्न जागलान्ड लाई आत्महत्या प्रयास गरेको आशंकापछि अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गत साता भएको घटनापछि उनी हाल चिकित्सकको निगरानीमा उपचाररत रहेका बताइएको छ।

प्रारम्भमा घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन। केही मिडिया रिपोर्टमा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ। साथै, उनको नाम जेफ्री एपस्टाइनसम्बन्धी फाइलमा आएको दाबी पनि सार्वजनिक भएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।

यसैबीच, जागलान्डमाथि नर्वेमा गम्भीर भ्रष्टाचारको अभियोग दर्ता भएको बताइएको छ। दोषी प्रमाणित भए अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको जनाइएको छ। तर उनका कानुनी प्रतिनिधिले सबै आरोप निराधार रहेको दाबी गर्दै अस्वीकार गरेका छन्।

७५ वर्षीय जागलान्डले सन् १९९६ देखि १९९७ सम्म नर्वेको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए। साथै, उनले युरोप परिषद् को महासचिवका रूपमा सन् २००९ देखि २०१९ सम्म जिम्मेवारी निर्वाह गरेका थिए। उनी नर्वेका विदेशमन्त्री तथा स्टोर्टिङ्ग (संसद) का अध्यक्षसमेत रहिसकेका छन्।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

सम्बन्धित खबर

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *