• फाल्गुन ८, २०८२
  • No Comment
  • 60

सिद्धपाइला विद्यालयको १८औँ वार्षिकोत्सवसँगै सिपमा आधारित सिकाइ मेला सम्पन्न

सुर्खेत। वीरेन्द्रनगर–१० शान्तिनगरस्थित सिद्धपाइला इंग्लिश मिडियम सेकेन्डरी स्कूलले आफ्नो १८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सिपमा आधारित सिकाइ मेला भव्य रूपमा सम्पन्न गरेको छ। ७ फागुन २०८२ मा आयोजित कार्यक्रममा विद्यार्थीहरूको व्यावहारिक ज्ञान, सिर्जनात्मकता र उद्यमशील क्षमता झल्किने विभिन्न स्टलहरू राखिएका थिए।

मेलामा विज्ञान, व्यवस्थापन, कानून तथा होटल म्यानेजमेन्ट संकायअन्तर्गत अध्ययनरत विद्यार्थीहरूले आफूले कक्षामा सिकेका विषयलाई व्यवहारमा उतार्दै विभिन्न परियोजना, परिकार तयारी, व्यवसायिक योजना, मोडल तथा प्रयोगात्मक सामग्री प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले आफ्नै प्रयासमा तयार पारेका सामग्री, प्रस्तुति र सेवाले अभिभावक तथा आगन्तुकको ध्यान आकर्षित गरेको थियो।

विद्यालयका प्रधानाध्यापकले शैक्षिक ज्ञानसँगै सिप विकास अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर र व्यवहारिक बनाउने बताए। अभिभावकहरूले पनि पाठ्यपुस्तकमै सीमित नभई व्यवहारिक सिकाइमा जोड दिएकोमा विद्यालयको प्रशंसा गरेका थिए।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, उत्कृष्ट विद्यार्थी सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको थियो। विद्यालयले “We Trust in Quality” भन्ने नारालाई आत्मसात गर्दै गुणस्तरीय र सिपमूलक शिक्षालाई प्राथमिकता दिएको जनाएको छ।

यस किसिमको सिपमा आधारित सिकाइ मेलाले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै भविष्यका लागि आवश्यक व्यवहारिक ज्ञान र दक्षता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित खबर

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *