• फाल्गुन ८, २०८२
  • No Comment
  • 52

सुर्खेतमा प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसीजको आयोजनामा संयुक्त क्षेत्र नं. २ का उम्मेदवारहरूसँग प्रदेश संवाद कार्यक्रम आयोजना हुने भएको छ।

आयोजकका अनुसार कार्यक्रम २०८२ साल फागुन ९  गते शनिबार दिउँसो १ बजेर ३० मिनेटमा सुर्खेतस्थित Ghantaghar Park (घण्टाघर पार्क) मा सञ्चालन हुनेछ। कार्यक्रममा उम्मेदवारहरूको प्रतिबद्धता र योजनाबारे सार्वजनिक अन्तरक्रिया गरिने जनाइएको छ।

कार्यक्रममार्फत उम्मेदवारहरूले आफ्ना भावी योजना, दृष्टिकोण तथा प्रतिबद्धता सार्वजनिक गर्नेछन् भने सहभागीले प्रत्यक्ष रूपमा जिज्ञासा राख्न पाउने व्यवस्था गरिएको छ। मतदातालाई जानकारीमूलक निर्णय लिन सहयोग पुर्‍याउने र लोकतान्त्रिक अभ्यास सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न संघ–संस्था, सञ्चारमाध्यम तथा स्थानीय सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सबैलाई उपस्थित भई संवाद कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *