• फाल्गुन ७, २०८२
  • No Comment
  • 32

रास्वपाको आज सुर्खेतमा चुनावी सभा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा चुनावी सभा आयोजना गर्दै वाचापत्र सार्वजनिक गर्ने भएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले सुर्खेतस्थित घण्टाघर चोकमा मध्यान्ह १२ बजे ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्न लागेको हो। सोही सभामार्फत पार्टीको आधिकारिक वाचापत्र सार्वजनिक गरिने जनाइएको छ।

सभालाई पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसअघि रास्वपाले बुधबार धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ सम्पन्न गरेको थियो। पार्टीले आसन्न निर्वाचनमा नयाँ राजनीतिक एजेन्डासहित मतदातासामु प्रस्तुत हुने जनाएको छ।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *