• फाल्गुन ६, २०८२
  • No Comment
  • 64

सुर्खेतमा गणित कार्यशाला तथा एसईई बुस्ट अप कार्यक्रम सम्पन्न

सुर्खेत — निजी तथा बोर्डिङ विद्यालयका शिक्षक तथा विद्यार्थीलाई लक्षित गर्दै सुर्खेतमा गणित विषय केन्द्रित “म्याथ वर्कसप एन्ड एसईई बुस्ट अप कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रम  नेशनल प्राइभेट एन्ड बोर्डिङ स्कुल्स एसोसिएसन नेपालको आयोजनामा ६–७ फागुन २०८२ गते सञ्चालन गरिएको हो। उक्त कार्यक्रम  एलाइड पब्लिकेशनको सहजीकरणमा आयोजना गरिएको आयोजकले जनाएको छ।

गणित विषयको सिकाइलाई प्रभावकारी बनाउने, एसईई परीक्षाको तयारीलाई सुदृढ गर्ने तथा शिक्षण विधिमा सुधार ल्याउने उद्देश्यसहित कार्यशाला सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी शिक्षकहरूलाई विषयवस्तुको गहिरो अध्ययन, अभ्यासमुखी शिक्षण पद्धति तथा परीक्षामुखी तयारीका रणनीतिबारे प्रशिक्षण दिइएको बताइएको छ।

कार्यक्रम  नेशनल प्याब्सन वीरेन्द्रनगर नगर समितिको व्यवस्थापनमा सम्पन्न भएको हो। कार्यशालामा सुर्खेतका विभिन्न निजी तथा बोर्डिङ विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *