• फाल्गुन ६, २०८२
  • No Comment
  • 77

बिर्तामोडको एक सुधार केन्द्रमा उपचारका लागि राखिएकी महिलाको मृत्यु

झापा — बिर्तामोड स्थित एक महिला सुधार केन्द्रमा उपचारका लागि राखिएकी महिलाको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–११ मा रहेको ‘क्षितिज महिला विकास सुधार केन्द्र’मा रहेकी शिवसताक्षी नगरपालिका–१० माइधार निवासी ३२ वर्षीया सुष्मा लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। अत्यधिक मदिरा सेवनका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई फागुन ३ गतेदेखि उक्त सुधार केन्द्रमा राखिएको थियो।

हिजो बिहान करिब ९:१५ बजे अचानक पेट दुख्ने समस्या देखिएपछि उनलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले परीक्षण गरी मृत घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोड बाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार हिजो साँझ नै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको वास्तविक कारण खुल्ने र सोही आधारमा थप अनुसन्धान अघि बढाइने जनाइएको छ।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *