• फाल्गुन ४, २०८२
  • No Comment
  • 49

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं – बलिउडका हास्य अभिनेता राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको छ। दिल्ली उच्च अदालतले ९ करोड रुपैयाँको चेक बाउन्स प्रकरणमा २.५ करोड रुपैयाँ जम्मा गरेपछि उनलाई जमानत दिएको हो।

यादवले आज १ करोड ७५ लाख रुपैयाँ बुझाएका छन् भने यसअघि ७५ लाख रुपैयाँ तिरिसकेका थिए। उनले ५ करोड रुपैयाँ ऋण लिएका थिए तर समयमै भुक्तानी नगर्दा ब्याज, जरिवाना र अन्य शुल्क थपिँदै कुल रकम ९ करोड पुगेको थियो। जारी गरिएका केही चेक बाउन्स भएपछि ‘नेगोशिएबल इन्स्ट्रुमेन्ट्स एक्ट’ अन्तर्गत मुद्दा दायर गरिएको थियो।

गत फेब्रुअरी २, २०२६ मा अदालतले उनको पटक–पटकको प्रतिबद्धता उल्लंघनलाई गम्भीर ठहर गर्दै फेब्रुअरी ४ साँझ ४ बजेसम्म आत्मसमर्पण गर्न आदेश दिएको थियो। त्यसपछि उनी तिहाड जेल पुगेका थिए।

सन् २०१२ मा उनले निर्देशन गरेको अता पाता लापाता असफल भएपछि आर्थिक दबाब बढेको बताइन्छ। सोही परियोजनासँग सम्बन्धित ऋण नतिर्दा अवस्था जटिल बन्दै गएको थियो।

जेल गएपछि सलमान खान, अजय देवगन, सोनू सूद, प्रियदर्शन, डेभिड धवन, वरुण धवन, मिका सिंह, गुरु रन्धावालगायतका हस्तीहरूले साथ दिएका छन्।

हाल उनी जमानतमा बाहिर आए पनि बाँकी रकम तिर्नुपर्ने दायित्व कायमै रहेको छ। अदालतको सर्तअनुसार आगामी भुक्तानी र कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ। ‘भूल भुलैया’, ‘चुप चुप के’ र ‘हंगामा’ जस्ता फिल्ममार्फत दर्शकलाई हँसाएका अभिनेता अहिले आफ्नै जीवनको कठिन चरणबाट गुज्रिरहेका छन्।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *