• फाल्गुन ४, २०८२
  • No Comment
  • 67

भूमिहीन र सुकुमवासी समस्याको दीर्घकालीन समाधान गर्ने रवि लामिछानेको प्रतिबद्धता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले भूमिहीन तथा सुकुमवासी समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार आँपटारी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीको नेतृत्वमा स्थायी सरकार गठन भएपछि भूमिहीन समस्या समाधानका लागि विशेष आयोग गठन गरिने बताएका हुन्।

लामिछानेका अनुसार उक्त आयोगमा कुनै पनि राजनीतिक दलको प्रतिनिधित्व नराखी स्वतन्त्र र विज्ञ व्यक्तिहरूलाई समावेश गरिनेछ। उनले विगतमा भूमिहीन र सुकुमवासीको मुद्दा राजनीतिक स्वार्थका लागि प्रयोग हुँदै आएको उल्लेख गर्दै अब यसलाई स्थायी समाधानको दृष्टिकोणले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले आगामी सरकारले नीति, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित व्यवस्थापन सुनिश्चित गर्ने स्पष्ट पारे। साथै भूमिहीन नागरिकलाई सम्मानजनक जीवनयापनको आधार सिर्जना गर्नु राज्यको दायित्व भएको पनि उनले बताए।

चुनावी सभामा उपस्थित कार्यकर्ता तथा स्थानीयवासीसमक्ष उनले सुशासन, पारदर्शिता र दीर्घकालीन योजना नै पार्टीको प्रमुख प्राथमिकता रहने उल्लेख गरेका थिए।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *