• फाल्गुन ३, २०८२
  • No Comment
  • 42

छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

काठमाडौं — नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले Kun Khmer World Championship मा स्वर्ण पदक जितेका छन्। कम्बोडियामा सम्पन्न प्रतियोगितामा नेपालले दुई स्वर्ण र दुई कांस्य पदक हात पारेको छ।

महिला ४८ केजी सेमी–प्रोफेसनलतर्फ सुष्मा चौधरीले घरेलु खेलाडी रिथी रितालाई पराजित गर्दै स्वर्ण जितिन्। टोलीका प्रशिक्षक तथा नेपाल राष्ट्रिय मुवाँथाई संघ का अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार सुष्माले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि सुरक्षित गरेकी हुन्।

यस्तै, यु–१५ पुरुष ४५ केजी तौलसमूहमा पुस्करदेव मल्लले कम्बोडियाकै सन सोम्नाङलाई हराउँदै स्वर्ण पदक जिते।

पुरुष ५७ केजीमा सन्दीप तामाङ र ६० केजीमा मुकेश लुइटेल खत्रीले कांस्य पदक जित्दै नेपाललाई थप सफलता दिलाए। प्रतियोगितामा नेपाली खेलाडीहरूले सशक्त प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा उँचो बनाएका छन्।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *