आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३४० रुपैयाँले घटेको छ। हाल चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ३४० रुपैयाँ रहेको थियो।