चोटका कारण हर्षित राणा टी-२० विश्वकपबाट बाहिर

भारतीय तीव्र गतिका बलर हर्षित राणा घुँडाको चोटका कारण ‘आईसीसी मेन्स टी–२० विश्वकप २०२६’ बाट बाहिरिएका छन्। फेब्रुअरी ४ मा दक्षिण अफ्रिकाविरुद्धको अभ्यास खेलका क्रममा घाइते भएका राणालाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को मेडिकल टोलीले खेल्न अनुपयुक्त (अनफिट) घोषणा गरेको हो।

चोटका कारण राणाको स्थानमा अनुभवी बलर मोहम्मद सिराजलाई भारतीय टोलीमा समावेश गरिएको छ। बीसीसीआईले आधिकारिक रूपमा टोलीमा परिवर्तनको पुष्टि गरेको छ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको यो विश्वकप आज (फेब्रुअरी ७) बाट सुरु भई मार्च ८ सम्म चल्नेछ। भारतले प्रतियोगिताको आफ्नो पहिलो खेल आजै मुम्बईस्थित वानखेडे स्टेडियममा अमेरिकाविरुद्ध खेल्दैछ।

सूर्य कुमार यादव (कप्तान), अभिषेक शर्मा, संजु सामसन (विकेटकिपर), ईशान किशन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल (उप–कप्तान), रिंकु सिंह, जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिंगटन सुन्दर र मोहम्मद सिराज रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *