- माघ २४, २०८२
- No Comment
- 61
चेतना विध्या निकेतनको खेलकुद पुरस्कार वितरण कार्यक्रम सम्पन्न
सुर्खेत। चेतना विध्या निकेतन को आयोजनामा खेलकुद सप्ताह पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार अायाेजित कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका १२ का वडा अध्यक्ष चूडामणि चपाईको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा प्याब्सन कर्णाली प्रदेशका बरिष्ठ उपाध्यक्ष वेदप्रकाश ढकाल, प्याब्सन जिल्ला अध्यक्ष छत्रबहादुर बडुवाल, बौद्धिक एजुकेशन एकेडेमीका सञ्चालक कर्णबहादुर खत्री, ढाबकोलेरी सामुदायिक वनका अध्यक्ष गोविन्द पौडेल तथा पूर्व विद्यार्थी जेनित बिस्टको उपस्थिति रहेको थियो। साथै, करिब ७०० जना विधार्थी, अभिभावकहरू तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक हुमलाल भट्टराईले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन उपप्रधानाध्यापक लक्ष्मी रानाभाट तथा शिक्षक प्रचण्ड चन्दले गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै पुरस्कार वितरण गरिएको थियो। वक्ताहरूले शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै अनुशासित र सक्षम जनशक्ति उत्पादनमा यस्ता कार्यक्रमहरूको महत्व रहेको धारणा व्यक्त गर्नुभएको थियो।