- माघ ८, २०८२
- No Comment
- 108
अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र १ जना महिला रहेका छन्।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले मंगलबार चाटर्ड विमानमार्फत उनीहरूलाई अमेरिकाबाट काठमाडौं ल्याइएको जानकारी दिए। आइपुगेपछि उनीहरूलाई आवश्यक सोधपुछ गरी छाडिएको विभागले जनाएको छ।
महानिर्देशक तिवारीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सम्हालेयता सन् २०२४ जनवरी २० देखि हालसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ५ सय ४३ पुगेको छ।
डिपोर्ट भई आएका ८० जनासँग अध्यागमन विभागसँगै नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले पनि सोधपुछ तथा कागजी प्रक्रिया पूरा गरेर छाडेको छ।
विभागका अनुसार डिपोर्ट हुनेहरूमा आवश्यक कागजात नपुगेका, गैरकानुनी रूपमा बसेका तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका नेपाली नागरिकहरू रहेका छन्।



