• पुस २५, २०८२
  • No Comment
  • 129

चौकुने–६ साल्मको नेपाल राष्ट्रिय आधारभूत विद्यालय ३०औँ वार्षिक अभिभावक भेला सम्पन्न

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको ३०औँ वार्षिक अभिभावक भेला कार्यक्रम आज एक औपचारिक समारोहका बीच विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर मास्केको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस् बासपानेले गर्नुभएको थियो।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्षले विद्यालय शिक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रवाहका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिबीचको सहकार्यले मात्र शैक्षिक उन्नति सम्भव हुने धारणा व्यक्त गर्नुभयो। यस्तै सोही विद्यालयका प्रधानाध्यापक धर्मराज दानीले विद्यालयका आ-आफ्नै समस्या छन् तर, बोर्डिङ स्कुलमा अभिभावकले चासो राख्नु र सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गार्‍हो भएको अनुभव आफुले लिएको बताउनु भयो ।

कार्यक्रममा विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत समेत गरिएको थियो। अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरूको मेहनत र विद्यार्थीहरूको उपलब्धिप्रति सन्तुष्टि व्यक्त गरेका थिए। कार्यक्रममा वडा न ८ का वडाअध्यक्ष कमल जि सी , जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भने कार्यक्रम संचालन जीवन चलाउनेले गर्नु भएको थियो

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *