• पुस २१, २०८२
  • No Comment
  • 504

विद्यार्थीको पीडा र यथार्थ मञ्चमा उतारिँदै : सुर्खेतमा ‘एक चिहान’ नाटक मञ्चन हुँदै

सुर्खेत ।
हृदयचन्द्रसिंह प्रधानको कृति उपन्यासमा आधारित नाटक ‘एक चिहान’ सुर्खेतमा मञ्चन हुने भएको छ । विद्यार्थी शोका रूपमा प्रस्तुत गरिने उक्त नाटकले समाजमा विद्यमान गरिबी, पीडा र मानवीय यथार्थलाई कलात्मक रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ। बिषेश गरी शिक्षण सिकाइ र स्थानिय कलाकारहरूलाइ समेत कलाकारिता क्षेत्रमा प्रेरित गर्नका लागि याे कार्यक्रमकाे अायाेजना गरिएकाे जनाइएकाे छ ।

नाटकको नाट्य रूपान्तरण तथा निर्देशन नकुल पौडेलले गर्नुभएको हो । ब्यानरमा देखिएको चित्रले भोक, अभाव र पीडाबाट थिचिएको मानव जीवनको गहिरो संकेत गर्दछ, जसले नाटकको मूल भाव झल्काउने आयोजकको भनाइ छ ।

आयोजकका अनुसार २०८२ साल पौष २०, २१, २२ र २३ गते नाटक मञ्चन गरिनेछ । शो समय साँझ ६ बजे तोकिएको छ । त्यस्तै विद्यार्थी शो बिहान ८:१५ र दिउँसो २ बजे सञ्चालन हुनेछ ।

नाटक कोशिक पार्टी प्यालेस, कर कार्यालय चोकमा मञ्चन गरिने जानकारी दिइएको छ । कार्यक्रम संयोजकका रूपमा कैलाश जङ्ग शाही रहनुभएको छ भने नाटक नाट्य शालाले प्रस्तुत गर्न लागेको हो ।

आयोजक पक्षले विद्यार्थी, साहित्यप्रेमी तथा सर्वसाधारणलाई नाटक अवलोकन गरी नेपाली साहित्य र नाट्यकला प्रवर्द्धनमा साथ दिन आग्रह गरेको छ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *