- मंसिर १९, २०८२
- No Comment
- 11
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते
सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १ बजे मारोल्पाबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ। जीप अनियन्त्रित भई दुर्घटना हुँदा रोल्पाका ६ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । उनीहरूको कपुरकोट आधारभूत स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परि घाइते हुनेहरूमा गंगादेवी गाउँपालिका–४ का ४५ वर्षिय हरीबहादुर थापा, ४२ वर्षीया गीता थापा, १९ वर्षीया टिका थापा, ३० वर्षीया बिमला थापा र ९ वर्षिय पवन थापा र ८ वर्षका रावल थापा रहेकाे जिल्ला प्रहरी प्रहरी कार्याल सल्यानले जानकारी दिएको छ। सबै घाइतेहरूको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।