• मंसिर १९, २०८२
  • No Comment
  • 23

प्रतिनिधि छनोटलाई लिएर एमाले केन्द्रीय कार्यालयमा भनाभन र धकेलाधकेल

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोट सम्बन्धी विवादले शुक्रबार कार्यकर्ताबीच भनाभन र धकेलाधकेल भएको छ। महासङ्घको महाधिवेशनका लागि प्रतिनिधि निर्धारणमा भेदभाव भएको आरोपसहित आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरू कार्यालय पुगेपछि परिस्थिति तनावग्रस्त बनेको हो।

सदस्यहरूले प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै संगठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग भेट्न खोजेका समयमा विवाद चर्किएको थियो। अधिकारीसँगको वादविवादकै क्रममा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रतिनिधि छनोटमा अन्याय र मनोमानी भएको भन्दै ओखलढुङ्गा, धनकुटा, दाङलगायतका जिल्लामा पनि एमाले कार्यकर्ताबीच विवाद बढेको छ। पार्टीभित्र महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाप्रति शंका तथा असन्तोष बढ्दै गएपछि विभिन्न स्थानमा असन्तुष्ट कार्यकर्ताहरू सडकदेखि कार्यालयसम्म धकेलिएको देखिएको छ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *