• कार्तिक १८, २०८२
  • No Comment
  • 104

सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ

सुर्खेत, १८ कार्तिक। सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। साेमबार प्रहरीले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी १५ ग्राम ९० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, पक्राउ पर्नेमा वीरेन्द्रनगर-५ का २८ वर्षीय हिमाल आले, वीरेन्द्रनगर-४ का २६ वर्षीय सरोज ढकाल र वीरेन्द्रनगर-९ का ४७ वर्षीय प्रेम गुरुङ रहेका छन्।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुरुमा आलेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो। उनको साथबाट केही मात्रामा ब्राउनसुगर बरामद भएपछि थप अनुसन्धान गर्दा ढकाल र गुरुङ पनि पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको साथबाट कुल १५ ग्राम ९० मिलिग्राम ब्राउनसुगर, नगद रु एक लाख एकहतर हजार तिन सय तिस, २ थान कैँची र १ थान प्लाष्टिकको टुक्रा समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…
स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

– स्वस्थ जीवनशैली अपनाउन चाहनेहरूका लागि बिहानको खाजा अत्यन्तै आवश्यक मानिन्छ। विशेषज्ञहरूका अनुसार बिहानको खाजा शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने मुख्य…

Leave a Reply

Your email address will not be published. Required fields are marked *