- साउन २९, २०८२
- No Comment
- 164
आजदेखि एन्फा महिला लिग छनोट, पहिलो दिन ४ टोली भिड्दै

साउन २९ — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुँदैछ। सातदोबाटोस्थित एन्फा फुटबल मैदानमा आयोजना हुने प्रतियोगितामा १४ टोलीले सहभागिता जनाउने छन्।
प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बीच फुटबल तथा एफसी रियल रहेका छन्। समूह ‘बी’ मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब रहेका छन्।
पहिलो दिन दुई खेल हुनेछन्। पहिलो खेलमा एफसी रियल र छहारी फुटबल क्लब आमनेसामने हुनेछन् भने दोस्रो खेलमा संकटा एफसी र नेपाल खेलकुद क्लब भिड्ने छन्।
प्रतियोगिताबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछन्। दुवै समूहको शीर्ष दुई टोलीले प्रत्यक्ष स्थान पाउनेछन् भने समूह तेस्रो स्थानका दुई टोलीबीचको प्ले अफमार्फत पाँचौँ टोलीको टुङ्गो लगाइनेछ।



