साउन २३ — एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजे खेल सुरु हुनेछ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक भुटानसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो। त्यस्तै, साउदी अरेबियाले भने आफ्नो पहिलो खेलमा शक्तिशाली उत्तर कोरियासँग १५–० को फराकिलो हार व्यहोरेको थियो।
नेपालले आगामी खेलमा दुई पटकको विश्व च्याम्पियन उत्तर कोरियासँग प्रतिस्पर्धा गर्न बाँकी छ। प्रतियोगितामा हरेक समूहका विजेता तथा दुई उत्कृष्ट उपविजेता टोलीले आगामी यू–२० महिला एसियन कपमा स्थान बनाउनेछन्।
नेपालको लागि साउदीविरुद्धको खेल जित्नैपर्ने महत्त्वको रहेको छ ।
Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…