पाकिस्तान। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अब पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न रोक लगाइएको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई तीन वर्षको जेल सजाय सुनाएपछि पाकिस्तान निर्वाचन आयोगले उनलाई राजनीतिक हकबाट समेत वञ्चित गर्ने निर्णय सार्वजनिक गरेको हो।
मङ्गलवार सार्वजनिक भएको निर्णयअनुसार अब खान सांसद पदबाट पनि स्वतः पदमुक्त हुनेछन्। उनी हाल रावलपिण्डीस्थित अटक जेलमा रहेका छन्।
खानले आफ्ना सबै मुद्दाहरू राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएका छन्। तर पाकिस्तान सरकार र मन्त्रीहरूले त्यसलाई अस्वीकार गरेका छन्। पाकिस्तानकी सूचना तथा प्रसारणमन्त्री मरियम औरङ्गजेबले बीबीसीसँग भनेकी छन्, “कानुन सबैका लागि बराबर हो। दोषी ठहरिएका व्यक्तिलाई कारवाही गर्नु राजनीतिक विषय होइन।”
खान सन् २०१8 मा प्रधानमन्त्री बनेका थिए तर सन् २०२२ मा अविश्वास प्रस्तावमार्फत सत्ता बाहिरिए। अहिलेको निर्णयले उनको राजनीतिक पुनरागमनका योजना थप जटिल बनाएको छ।
Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…