• साउन १५, २०८२
  • No Comment
  • 141

हुम्लाको चङ्खेलीमा अज्ञात रोगको कहर: सातादिनमै ३० बढी पशुको मृत्यु

हुम्ला। हुम्लाको दुर्गम चङ्खेली गाउँपालिकामा एक रहस्यमयी रोगले पशुचौपाया सखाप पार्न थालेको छ, जसले स्थानीय किसानहरूलाई गहिरो चिन्तामा पारेको छ। गाउँपालिकाको वडा नं. ६ स्थित रामालेख खडिन्याखाडा खर्कमा फैलिएको यो अज्ञात रोगका कारण एक साताभित्रै ३० भन्दा बढी पशुवस्तुले ज्यान गुमाइसकेका छन्। अचानक पेट र छाती फुल्ने, दिसा रोकिएर छटपटिने, घाँसपानी छाड्ने र मुखबाट र्‍याल काढ्ने जस्ता लक्षण देखाएर पशुहरू मर्ने गरेको स्थानीयले बताएका छन्। यस प्रकोपले किसानको आयस्रोत र जीविकोपार्जनमा नै गम्भीर संकट ल्याएको छ।

यो समस्या यही साउन ८ गतेदेखि सुरु भएको हो। स्थानीय किसान हरिबहादुर शाहीका अनुसार, हालसम्म एक भैँसी, ६ वटा दुधालु गाई, १४ भन्दा बढी गोरु र अन्य पशुहरू मरिसकेका छन्। जंगलमा रहेका खर्कहरूमा अझै धेरै पशुवस्तु बिरामी परेको अनुमान छ, जसको यकिन तथ्यांक आउन सकेको छैन। मरेका पशुका कारण खर्क क्षेत्रको जंगल दुर्गन्धित बन्न थालेको छ। झनै दुःखको कुरा, गाउँपालिकाको पशु स्वास्थ्य शाखामा औषधि र उपचारका लागि पुग्दा त्यहाँ स्वास्थ्यकर्मी नै नभेटिएको किसानहरूको गुनासो छ। समयमै रोगको पहिचान र उपचार नपाउँदा किसानहरू आफ्ना आँखा अगाडि धमाधम पशु मरेको टुलुटुलु हेर्न बाध्य छन् र तत्काल सहयोगका लागि हारगुहार गरिरहेका छन्।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *