• साउन १५, २०८२
  • No Comment
  • 139

सुर्खेतको न्यू बिसी सपिङ सेन्टरमा आगलागी 

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ स्थित न्यू बिसी सपिङ सेन्टरमा गएराति आगलागी हुँदा ठूलो क्षति भएको छ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विद्युत सर्ट सर्किट भई मध्यरात करिब २ बजेतिर आगो सल्किएको हो। पसल बन्द भइसकेको समयमा आगलागी भएकाले समयमै नियन्त्रणमा लिन नसक्दा क्षति ठूलो हुन पुगेको हो।

आगलागीबाट सपिङ सेन्टरको भित्री भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ।  प्रहरीका अनुसार पसलभित्र रहेका कपडा, फर्निचर, र अन्य सामग्रीहरू जलेर खरानी भएको  छ । यसबाट व्यवसायीहरूलाई लाखौं रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

स्थानीय व्यवसायीहरूले पसल बन्द गरेपछि अनिवार्य रूपमा मुख्य मिटरबक्सको स्विच अफ गर्ने जस्ता सावधानी अपनाउन प्रहरीले आग्रह गरेकाे छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको स्थानीय  ले जनाएको छ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *