• साउन १०, २०८२
  • No Comment
  • 187

बागमती नदीमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकमध्ये एकको शव फेला

रौतहटको चन्द्रपुर नगरपालिकास्थित बागमती नदीमा १ भारतीय युवकको शव फेला परेको छ । शुक्रबार साँझ चन्द्रपुर नगरपालिका १ बागमति नदीमा जल लिन गएका भारत बिहार सितामढी जिल्लाको जमुवा पञ्चायत मठियाका १४ वर्षीय पवन कुमार साह र २२ वर्षीय नितेशकुमार डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये पवन कुमार साहको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बोलबम जानका लागी बागमती नदीमा जल लिन गएका बेला दुई जना नदीमा बेपत्ता भएका थिए ।

बागमती नदीमा दुई युवक डुबेको खबर पाएपश्चात इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी रुपा लाबुङको टोली खोजीमा खटेको थियो । खोजीका क्रममा घटनास्थलबाट करिब १५) मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले बताए । बेपत्ता रहेका अर्का युवक नितेश कुमारको खोजीकार्य जारी रहेको उनले बताए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *