• साउन ५, २०८२
  • No Comment
  • 87

नेपालमा पहिलोपटक एआई आचारसंहिता सार्वजनिक

नेपालमा पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ। अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ घोषणा गर्दै एआईको प्रयोगमा नैतिकता र उत्तरदायित्व कायम गर्ने उद्देश्य राखेको छ । काठमाडौँमा आयोजित सार्वजनिक समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता घोषणा गर्नुभयो । उहाँले एआई प्रविधिको दुरुपयोग रोक्न र यसको प्रयोगलाई सही दिशा दिन आचारसंहिता आवश्यक भएको बताउनुभयो। “एआईको प्रयोग अनलाइन टिभी क्षेत्रमा तीव्र रूपमा बढ्ने सम्भावना छ, “अध्यक्ष भण्डारीले भन्नुभयो  “त्यसैले पत्रकारहरुलाई सचेत र जिम्मेवार बनाउने लक्ष्यसहित हामीले यो पहल गरेका हौं ।

कार्यक्रममा सूचना प्रविधिको क्षेत्रीय छाता संगठन क्यान महासङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले यो नै नेपालको पहिलो एआई आचारसंहिता भएको दाबी गर्नुभयो। उहाँले अनलाइन टिभी पत्रकार सङ्घको यो कदमले अन्य क्षेत्रहरूलाई पनि अनुकरणीय उदाहरण दिएको बताउनुभयो। “अब यस्ता अभ्यास सबै क्षेत्रमा आवश्यक भइसकेका छन्,” अधिकारीले भन्नुभयो । सङ्घद्वारा जारी आचारसंहिता प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्देश्य अनुरूप तयार गरिएको छ। आचारसंहिताको पहिलो बुँदामा एआईद्वारा तयार पारिएका सामग्रीहरू मानव सम्पादकबाट परीक्षण, सम्पादन र अनुमोदन भएपछि मात्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, एआई सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्था आफैले लिने र त्यस्ता सामग्रीमा स्पष्ट रूपमा एआई प्रयोग भएको उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, व्यक्तिगत गोपनीयता, चरित्र हनन, अश्लीलता, संवेदनशील सूचना वा झुटा जानकारी प्रवाह नगर्ने स्पष्ट प्रतिवद्धता समेत आचारसंहितामा उल्लेख छ । सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार अनलाइन टिभी पत्रकार सङ्घमा आबद्ध सबै पत्रकारलाई आचारसंहिता पालना अनिवार्य हुनेछ, र यसको नियमित अनुगमन सङ्घले गर्नेछ । यसअघि, सङ्घले २०७७ सालमा ‘अनलाइन टिभी स्वनियमन निर्देशिका’ जारी गरेको थियो। श्रव्यदृश्य पत्रकारितामा संलग्न सञ्चारकर्मीहरूको साझा संस्था भएको अनलाइन टिभी पत्रकार सङ्घको यो पछिल्लो कदमले डिजिटल पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र मर्यादित बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *