• असार ३१, २०८२
  • No Comment
  • 104

कोहलपुरबाट पत्रकारसहित दुई जना १९ किलो अफिम र नक्कली नोटसहित पक्राउ 

कोहलपुर — लागुऔषध अफिम र नक्कली नोटसहित एक पत्रकार र एक महिला कोहलपुरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले मंगलबार कोहलपुर ११, न्यूरोडमा सञ्चालित जनगर्जन नेटवर्क प्रालि नामक कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आफुलाई पत्रकार बताउँदै आएका कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भई हाल कोहलपुर ११ बसोबास गर्दै आएका मन बहादुर सहकारी र रुकुम पूर्वको बाफेकोट नगरपालिका–१० की सपना पुन रहेका छन्। उनीहरूको साथबाट १९ किलो ३२५ ग्राम अफिम, ५१ थान १ हजार दरका नक्कली नेपाली नोट, नक्कली नोट छाप्ने मेसिन, एक थान मोटरसाइकल र मोबाइल बरामद गरिएको बाँके प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा उनले कोहलपुरमा आफ्नो साथी रहेको जानकारी दिएका थिए। सोही सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोली कोहलपुर पुगेर जनगर्जन नेटवर्क प्रालिको कार्यालयमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषध र नक्कली नोट फेला परेको हो।

पक्राउ परेका सहकारीले सञ्चालित जनगर्जन नेटवर्कको नाम प्रयोग गरी पत्रकारको आवरणमा आपराधिक गतिविधि गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्लो समय पत्रकार वा सञ्चारकर्मीकै परिचय दुरुपयोग गरी गैरकानुनी गतिविधि गर्नेको संख्या बढ्दै गएको भन्दै यस्ता क्रियाकलापमाथि कडा निगरानी र कारबाहीको तयारी गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि लागू औषध तथा जाली नोटसम्बन्धी कसूरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *