• असार ३१, २०८२
  • No Comment
  • 101

अमेरिकामा कार दुर्घटना : २ जना नेपाली विद्यार्थीको मृत्यु, २ जना घाइते

अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ भने अन्य दुई गम्भीर घाइते भएका छन्।। लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा परी ज्यान गएको हो।

लुइजियानाका स्थानीय मिडिया रिपोर्ट अनुसार शनिबार राति यूएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रको सडकबाट कार तल खस्दा दुर्घटना भएको हो। कार रूखमा ठोक्किएपछि आगलागी भएको बताइएको छ।
कारमा चार जना सवार रहेका थिए ।
लुइजियाना टेक विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी मामिला कार्यालयले नेपालस्थित परिवारहरूसँग समन्वय गर्दै थप प्रक्रिया अगाडि बढाउने जनाएको छ।

दुर्घटनापछि स्थानीय प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ। विश्वविद्यालय र नेपाली समुदायले दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन्।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *